मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
gorkhapatraonline.com · Tue Sep 15 17:05:24 GMT 2026

नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको कविलासी नगरपालिका –७, सिर्सियामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ ।
कविलासीबाट गौरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३३ प ७८२४ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३० एपी १२२४ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)