फेवातालमा बेपत्ता युवकको शव फेला
ratopati.com · Tue Jun 23 18:06:15 GMT 2026

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।
सोही महानगरपालिका–१५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री मंगलबार साँझ ७ः०० बजे फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गण कास्कीबाट उनको खोजीकार्यको लागि गोताखोरसहितको टोली परिचालन भएको थियो । टोलीले फेवातालको करिब २५ फिट गहिराइबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)