सिन्धुपाल्चोकका उम्मेदवार घरदैलोमा व्यस्त
ekantipur.com · Tue Feb 03 17:26:44 GMT 2026

सिन्धुपाल्चोक — फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरेर जिल्लास्थित विभिन्न दलका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । अधिकांश उम्मेदवारले विकास निर्माणलाई मुख्य एजेन्डा बनाएर गाउँदेखि बजारका मतदातासँग संवाद बढाएका छन् ।
सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन र रोजगारीलाई उम्मेदवारले प्राथमिकता दिएका छन् । दुई प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा कांग्रेस, एमाले, नेकपा, रास्वपासहित १५ राजनीतिक दल र ३ स्वतन्त्र गरी दुवै क्षेत्रमा ३६ उम्मेदवार छन् । दोहोर्याएर उम्मेदवार बनेकादेखि पहिलोपटक चुनावमा उत्रिएकाहरूले विकास निर्माणलाई जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)