मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय राजमार्गका ७ दर्जन पहिरो नियन्त्रण गर्न सवा ३ अर्ब बजेट

onlinekhabar.com · Sat Jun 27 14:41:33 GMT 2026

१२ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा राष्ट्रिय राजमार्गका पहिरो नियन्त्रण गर्न ठूलो बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी वर्ष राष्ट्रिय राजमार्गका ६८ स्थान तोक्दै र रकम अबण्डामा समेत राखेर पहिरो नियन्त्रण गर्ने उद्देश्यले ३ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

जुन राजमार्ग तथा सडकको नियमित मर्मत सम्भार भन्दा बाहिरका लागि विनियोजन भएको हो । यसअघि सरकारले राजमार्गमा पहिरो पहिचान गर्दै सोको नियन्त्रणका लागि बजेट राख्ने गरेको थिएन । चालु आव २०८२/८३ को बजेटमा समेत सो शीर्षकमा बजेट राखिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)