संसद्मा प्रि–बजेट छलफल पहिलो पटक तीन महिनाअघि नै
ekantipur.com · Tue Feb 27 00:39:51 GMT 2024
काठमाडौँ — संघीय सरकारले जेठ १५ मा विनियोजन विधेयक (बजेट) ल्याउनुपर्ने संवैधानिक व्यवस्थाको तीन महिनाअगावै आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) प्रतिनिधिसभामा पेस गरेको छ । सुझाव समावेश गर्न मिल्ने गरी सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेटका सिद्धान्त र प्राथमिकता सदनमा पेस गरेका हुन् ।
यसअघि विनियोजन विधेयक प्रस्तुत हुनु १५ दिनअघि सरकारको बजेटका सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गर्ने व्यवस्था थियो । अध्यादेशमार्फत यही बुँदा परिमार्जन गरी तीन महिनाअगावै पेस गर्नुपर्ने व्यवस्था सरकारले गरेको थियो । सोहीअनुसार बजेटका अरू समयतालिका पनि परिमार्जन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)