पहिलो उपाधिका लागि १३औँ फाइनल खेल्न लागेको नेपाल
nepalpress.com · Tue Feb 25 17:02:07 GMT 2025
पोखरा । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ । दशरथ रङ्गशालामा बुधवार उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
हालसम्म उपाधि नजितेको नेपालले १३औँ पटक फाइनल खेल्दै छ । १२औँ पटक फाइनलमा असफल भएको नेपाललाई घरेलु मैदानमा फाइनल जित्दै पहिलो पटक उपाधि जित्ने अवसर छ । घरेलु मैदानमा फाइनलमा म्यानमारलाई हराउँदै गत कात्तिकमा साफ च्याम्पियनसिपको बङ्गलादेशसँग फाइनलमा हारेको बदला मात्रै होइन, उपाधि खडेरीलाई समेत तोड्ने लक्ष्यमा छ नेपालको ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)