शिवरात्रि दर्शनका लागि बिहान २ बजेदेखि खुल्दै छ पशुपतिनाथ मन्दिर
deshsanchar.com · Tue Feb 25 17:23:07 GMT 2025

काठमाडौँ- महाशिवरात्रिका अवसरमा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने पशुपति विकास कोषले अनुमान गरेको छ। त्यस्तै करिब ५ लाखले बाहिरबाट गजुर दर्शन गर्ने अनुमान पनि कोषले गरेको छ।
पशुपति विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीका अनुसार बुधबार बिहान २ बजेदेखि मन्दिर खुला हुनेछ। त्यसरी खुला भएको मन्दिर बुधबार शिवरात्रिका दिन दर्शनार्थीको भीड नसकिउन्जेलसम्म खुला रहने पनि कोषले जानकारी दिएको छ। त्यस क्रममा मूल भट्टसहित ५ जना भट्टहरू मन्दिरमा रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)