सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद
ratopati.com
सिरहामा बेवारिसे अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद भएको छ । शुक्रबार सिरहा प्रहरीले मिर्चैया नगपालिका ९ कमल दह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।
सो क्षेत्रमा केही व्यक्ति बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले २ थान बन्दुक बरामद गरेका हुन् । घुम्ने व्यक्ति बन्दुक फालेर भागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरिप्रसाद वलीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)