बुद्ध परिपथ : बाह्र अर्बको परियोजना सुरु
gorkhapatraonline.com · Sat May 30 23:35:30 GMT 2026

बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण, सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैङ्कको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ ।
परियोजना कार्यान्वयनका लागि सहरी विकास तथा भवन निर्माण विभागले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका चार स्थानीय तहसँग सम्झौता गरेको छ । सम्झौतामा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव तथा देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले हस्ताक्षर गर्नुभएको छ । विभागका तर्फबाट महानिर्देशक रवीन्द्र बोहराले हस्ताक्षर गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)