राष्ट्रपति रनिङ शिल्ड कोशी छनोट प्रतियोगिता इटहरीमा
barnanmedia.com · Sat May 30 23:39:44 GMT 2026

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आज र सोमबार इटहरीस्थित प्रदेशिक रङ्गशालामा सञ्चालन हुने जानकारी दिएको हो ।
प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका खेल समावेश गरिएका छन् । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका टोलीको सहभागिता रहने बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा करिब एक हजार ७०० खेलाडी तथा अफिसियल सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)