कलङ्की–बसुन्धारा सडक विस्तार : एक दशकमा पनि भएन पूरा
gorkhapatraonline.com · Sat May 30 23:50:05 GMT 2026

काठमाडौँ उपत्यकाको जीवनरेखा चक्रपथको कलङ्की–बसुन्धारा चोक (दोस्रो खण्ड) को विस्तार कार्य एक दशकदेखि अलपत्र र अस्तव्यस्त छ । सो खण्डको विस्तारका लागि २०७४ माघ ४ गते नेपाल र चीनबिच प्रारम्भिक सम्झौता भए पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । कलङ्की–बसुन्धारा चोकसम्मको दुरी ८.२ किलोमिटर छ ।
सम्बन्धित निकायले आवश्यक तयारी पूरा नगर्दा काम सुरु हुन नसकेको हो । अहिलेसम्म यस योजनाको डिजाइनसमेत स्वीकृत हुन सकेको छैन । अहिले चक्रपथको यस खण्डमा सर्भिस लेन निर्माण चलिरहे पनि मुख्य सडक विस्तार अझै अन्योलमै छ, जसले गर्दा स्थानीयले धुलो र हिलोको सास्ती खेप्नु परेको छ । सवारीसाधनको अत्यन्तै चाप हुने यस सडकखण्डमा अत्यधिक ट्राफिक जाम हुनुका साथै सर्वसाधारणले ओहोरदोहोर र वारपारमा समेत सास्ती भोग्नु परेको छ । विस्तारका लागि भन्दै चक्रपथको यस खण्डको क्षेत्राधिकार (राइट अफ–वे) मा पर्ने रुख, बिजुली र टेलिफोनका खम्बालगायतका संरचना यसअघि नै हटाइसकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)