मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासीमा झडप हुँदा एकको मृत्यु

barnanmedia.com · Tue Feb 25 21:39:27 GMT 2025

काठमाडौँ, १४ फागुनः पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवल रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार धवलको रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा उपचारका क्रममा मङ्गलबार साँझ मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)