महाशिवरात्रीको पुर्वसन्ध्यामा गृहमन्त्री लेखक पशुपतिमा पुगे
barnanmedia.com · Tue Feb 25 22:35:50 GMT 2025

महाशिवरात्रीको पुर्वसन्ध्यामा गृहमन्त्री रमेश लेखक पशुपतिमा पुगेका छन्।
मंगलबार बेलुका सुरक्षा अवस्था बारे बुझ्न लेखक पशुपति पुगेका उनको सचिवालयले जानकारी दिएको छ।पशुपतिमा पुगेर गृहमन्त्री लेखकले त्यहाँका सुरक्षा इन्चार्जहरुसँग सुरक्षा व्यवस्था बारे जानकारी लिएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङ र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज अधिकारीले गृहमन्त्रीलाई त्यहाँको सुरक्षा व्यवस्था बारे जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)