मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऋषिङ गाउँपालिकाका अध्यक्ष श्रेष्ठले एक व्यक्तिलाई निर्घात कुटपीट

barnanmedia.com · Tue Feb 25 22:47:32 GMT 2025

तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले एक व्यक्तिलाई निर्घात कुटपीट गरेका छन्। कुटाइ खाने ५७ वर्षीय प्रभात आले २०१५ सालमा निर्वाचित सांसद तथा कांग्रेस नेता स्वर्गीय पदमबहादुर आलेका छोरा तथा गण्डकीका पूर्वअर्थमन्त्री जीतप्रकाश आलेका सहोदर भाइ हुन्।

पिट्ने पालिका अध्यक्ष नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत हुन्। प्रभातका अनुसार राजेन्द्रकृष्णले उनलाई पीभीसी पाइपको ठूलो टाउकोले शरीरभर लगातार हानेका थिए। अहिले उनको शरीरभर नीलडाम छन्। आक्रमणपछि आफूले कान सुन्न छाडेको पनि उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)