मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्रे लिस्ट’ले आर्थिक शिथिलता र समस्या निम्तिने

rajdhanidaily.com · Tue Feb 25 23:14:48 GMT 2025

काठमाडौं । नेपाल ‘ग्रे लिस्ट’मा परेपछि यसको प्रत्यक्ष असर व्यापार, लगानी र अन्तर्राष्ट्रिय सम्बन्धमा पर्ने भएको छ । ‘ग्रे लिस्ट’मा परेको मुलुकको लगानी जोखिमयुक्त हुने भएकाले नेपाललाई उच्च जोखिमयुक्त मुलुकका रूपमा हेरिने भएको छ । यसले गर्दा विदेशी लगानीमा प्रत्यक्ष असर पुग्ने विज्ञहरूको भनाइ छ । एक त अहिले मुलुकमा वैदेशिक अनुदान छैन र विदेशी कर्जा लिन पनि समस्या भइरहेको छ । यस्तो बेलामा ‘ग्रे लिस्ट’मा परेपछि वैदेशिक अनुदान र कर्जामा विकराल समस्या आउने हुन्छ ।

अहिले मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धानिरहेका बेला परेको ‘ग्रे लिस्ट’ले रेमिट्यान्समा पनि प्रभाव पर्ने भएको छ । रेमिट्यान्स पठाउने शुल्क महँगो हुने भएपछि रेमिट्यान्स पठाउने श्रमिकहरू अझ हुन्डीमा जाने खतरा बढेको छ । यसले वैदेशिक सहायता र व्यापारमा असर पर्ने हुँदा वित्तीय कारोबारमा थप निगरानी र कडाइ हुनेछ । विज्ञहरूका अनुसार मुलुकलाई आर्थिक सुधार गर्न नसक्ने र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्त पोषण रोक्न अक्षम देशका रूपमा हेरिँदा धमिलो आर्थिक छवि रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)