विशेष अदालतमा भ्रष्टाचार मुद्दा ‘फास्ट ट्र्याक’मा फैसला
rajdhanidaily.com · Tue Feb 25 23:16:34 GMT 2025

काठमाडौं । विशेष अदालतमा पछिल्लो समय द्रुत गतिमा भ्रष्टाचार मुद्दाको सुनुवाइसँगै फैसला हुने गरेको छ । भ्रष्टाचारका मुद्दामा ६ महिनाभित्र फैसला गर्दै विशेष अदालतले आफ्नो स्थापनाको दुई दशकभन्दा लामो इतिहास ‘ब्रेक’ गरेको छ । विशेष अदालत ऐन, २०५९ ले ६ महिनाभित्र मुद्दाको कारबाही र किनारा गर्नुपर्ने व्यवस्था गरेको भए पनि सामान्यतय १ देखि २ वर्षभित्र मुद्दाहरू फस्र्योट हुने गरेका थिए ।
पछिल्ला वर्षमा भने विशेष अदालतमा टेकनारायण कुँवर नेतृत्वको नयाँ टिम आएसँगै भ्रष्टाचार मुद्दाको सुनुवाइ र फैसला फास्ट ट्र्याकमा गएको हो । कुँवर नेतृत्वको टिमले कुनै पनि मुद्दा ६ महिना नाघ्न नदिने घोषणा गरिएको थियो । न्यायाधीश कुँवरको घोषणा पछिल्लो समय कार्यान्वयनमा आएको छ । कुँवर नेतृत्वको टिम आएपछि विशेष अदालतलाई स्मार्ट बनाइएको छ । साथै, छिटो न्यायको अवधारणानुसार काम भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)