मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हेलम्बु–मेलम्ची क्षेत्रमा तत्काल पाँच पुल बनाउने सहमति

abhiyandaily.com

सिन्धुपाल्चोक (अस) । गत असार १ र साउन १९ गते गएको भे्रमाथाङ पहिरोका कारण क्षति पुगेको हेलम्बु–मेलम्ची क्षेत्रका पाँचओटा पुल तत्काल बनाउने सहमति भएको छ । पूर्वमन्त्री एवम् संघीय सांसद् शेरबहादुर तामाङको अध्यक्षतामा सोमवार ललितपुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले पाँचपोखरी गाउँपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका जोड्ने पक्की पुल, मेलम्ची फट्टे पक्की पुल र मेलम्ची हेलम्बु सडक खण्डका थप तीनओटा पक्की पुल तत्काल निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकमा सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले स्थानीय सरकारले चासो दिने हो भने पुल निर्माण तत्काल शुरू हुने बताए । ‘बाढीको क्षतिका कारण झन्डै ६ महीना सास्ती बेहोरिरहेका त्यहाँका स्थानीयको पीडामा मल्हम लगाउन स्थानीय सरकार सक्रिय हुन जरुरी छ,’ सापकोटाले भने, ‘स्थानीय सरकारले चासो दिए हामी तुरुन्तै काम शुरू गर्न तयार छौं ।’ सडक विभागको तर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नगर्ने उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)