भाइ राजा र युवराज किन मसँग कुरा गर्न इच्छुक ?
farakdhar.com · Sun Aug 06 17:23:03 GMT 2023
राजा वीरेन्द्र सरकारको पचासौं जन्मोत्सवको बेलामा म मन्त्री थिएँ । मन्त्रीको हैसियतले जन्मोत्सवको पार्टीमा मलाई पनि बोलाइएको थियो । त्यस समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू र अरू उच्च पदस्थ व्यक्तिहरूको पनि उपस्थिति थियो । म पुगेपछि राजारानीलाई अभिवादन गर्दै बसेर उपस्थित मान्छेहरूसँग कुरा गर्न थालें । भाइ राजा ज्ञानेन्द्र र युवराज दीपेन्द्र पनि कुरा गर्ने भिडमा त्यही पुग्नुभयो । मलाई अलिअलि ड्रिङस् पनि दिए । त्यहाँ सबैले राजालाई हजुरहजुर सरकार सरकार गरिरहेका थिए ।
कुरा हुँदै गएपछि मैले ज्ञानेन्द्रलाई भनें ‘सरकारहरू र अन्य राजपरिवारका सम्पूर्ण सदस्यहरू सबैले जनतासँग सौहार्दपूर्ण व्यवहार र जनता र देशलाई हित हुने सामाजिक र आर्थिक कामहरू गरेमा, यसले देश र जनता सबैलाई हित हुनेछ । देश र जनताको हित हुने काम गरे राजसंस्थाको गौरव वृद्धि हुँदै जानेछ । राजसंस्थाप्रति आस्थावान् नेपाली जनताको आशा पनि यही नै छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)