मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘मदिरा आयात बन्देजले पर्यटनमा असर’

ekantipur.com · Thu Jul 28 00:55:16 GMT 2022

काठमाडौँ — मदिराजन्य पदार्थहरूको आयात प्रतिबन्ध निर्णयले नेपालको पर्यटनमा असर पारिरहेको नेपाल मदिरा पैठारी संघले जनाएको छ । सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा साउन १ देखि ४५ दिनका लागि प्रतिबन्ध लगाएको छ । यसबारे निर्णय सच्याउन माग गर्दै संघले विज्ञप्ति जारी गरेको हो ।

‘मदिराजन्य पदार्थहरूमा वार्षिक लगभग १ करोड २० लाख अमेरिकी डलर मात्र खपत हुन्छ । जुन १५० करोड रुपैयाँ बाराबर हो । यो वार्षिक बाहिरने कुल विदेशी मुद्राको ०.१० प्रतिशत मात्र हुन्छ,’ संघले विज्ञप्तिमा भनिएको छ, ‘सरकारले बोतलबन्द आयातित मदिराजन्य पदार्थहरूबाट वार्षिक लगभग ३३० करोड राजस्व प्राप्त गर्छ । जुन वार्षिक बाहिरिने विदेशी मुद्राको दुई गुणाभन्दा बढी हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)