सुरक्षाका कारण ह्यारी–मेघनका सन्तानको विद्यालय फेरियो
barnanmedia.com · Tue Sep 15 19:15:00 GMT 2026

बसोबास थालेको केही दिनमै राजकुमार ह्यारी र उहाँकी पत्नी मेघनले सुरक्षा कारण आफ्ना दुई सन्तानको विद्यालय परिवर्तन गर्नुभएको छ । विद्यालयसम्मको दूरी र बाटोमा हुने अत्यधिक यातायातका कारण सुरक्षा जोखिम देखिएपछि नयाँ विद्यालय रोजिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
ह्यारी र मेघन सन् २०२० मा शाही जिम्मेवारी त्यागेर बेलायत छाडेपछि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनुभएको थियो । अहिले उहाँहरू सात वर्षीय छोरा राजकुमार आर्ची र पाँच वर्षीया छोरी राजकुमारी लिलिबेटसँगै मध्य इङ्गल्यान्डको कोटस्वोल्ड्स क्षेत्रमा बसिरहनुभएको छ । दुवै सन्तानलाई निजी विद्यालयमा भर्ना गरिएको भए पनि विद्यालयको नाम सार्वजनिक गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)