मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरा समात्यो

nepalnews.com · Sun May 31 00:47:02 GMT 2026

काठमाडौं । काठमाडौंको जडीबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ

जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

शनिबार दिउँसो सुकेधारामा एक महिलामाथि लुटपाट भएको थियो । उनको साथबाट सुनसहितका गरगहना लुटपाट भएको थियो ।

सो घटनामा संलग्न एक जनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो। । अर्का एकजनालाई भने साँझ जडीबुटीबाट गोली चलाएर पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका व्यक्ति ट्रमा सेन्टरमा उपचाररत छन् । उनको बायाँ खुट्टामा चोट लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)