मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

आवासीय भवनका सुरक्षित संरचना

rajdhanidaily.com · Tue Jan 17 22:57:38 GMT 2023

नेपालमा १९९० साल माघ २ मा गएको महाभूकम्पपछिको सबैभन्दा ठूलो विपद् पछिल्लो समय २०७२ साल वैशाख १२ गते गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प नै हो । मूलतः १९९० सालको महाभूकम्पमा ८ हजार ५ सय १९ को मृत्यु भएको थियो भने घर, मठमन्दिर, देवालय, पाटीपौवा गरी २ लाख ७ हजार ७ सय ४० संरचनामा क्षति पुगेको थियो । यसका साथसाथै २०७२ साल वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पले नेपालमा ठूलो क्षति पु¥यायो । यसपछि विभिन्न समयमा गएका पराकम्पनले झन् बढी क्षति भए । यस भूकम्पका कारण ८ हजार ९ सय ७० को मृत्यु भयो भने २३ हजार ३ सय २ जना घाइते भए ।

नेपालमा १३१० सालदेखि १९९० सम्मको ६८० वर्षभित्र १० वटा ठूला भूकम्पहरू गइसकेको इतिहास छ । भूकम्पद्हिरूले अर्को एक ठूलो भूकम्प भविष्यमा कुनै पनि बेला आउन सक्ने कुरा गरेका छन् । यस्तो भूकम्प आएको खण्डमा काठमाडौं उपत्यकामा मात्र २ लाख १० हजारदेखि ४ लाखसम्म मानिसको निधन हुन सक्ने विभिन्न अध्ययनबाट पुष्टि हुन आउँछ । यो अध्ययन एकदशक अगाडि गरिएको र यसपछि काठमाडौंको जनसंख्या पनि दिनप्रति दिन वृद्धि हुँदै गएको हुनाले योभन्दा बढी हुन सक्ने अनुमान गर्न सकिन्छ । यसरी, देशमा निकट भविष्यमा ठूलो भूकम्प आउने कुरामा कसैको दुईमत होला भन्न सकिन्न । यस्तो भएको खण्डमा अपार धनजनको क्षति हुने निश्चित छ । त्यस्तैगरी, गत मे (सन् २००८, मे) मा चीनमा गएको भूकम्पले यो तथ्यलाई उजागर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)