संसदीय निर्वाचनको अवसरमा भियतनाममा १० हजार कैदीबन्दी रिहा गरिने
kendrabindu.com · Sun May 31 01:16:02 GMT 2026
हनोई । भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब १० हजार कैदीलाई रिहा गर्ने घोषणा गरेको छ । भियतनामले प्रायः विशेष कार्यक्रम वा उत्सवहरू अघि आममाफीको घोषणा गर्दछ ।
साइगोनको पतनको ५० औँ वर्षगाँठ र स्वतन्त्रताको घोषणाको ८० वर्ष पूरा भएको अवसरमा गत वर्ष २२ हजारभन्दा बढी कैदीलाई रिहा गरिएको थियो । भियतनामका महासचिव तथा राष्ट्रपति तो लामद्वारा हस्ताक्षरित दस्तावेजमा यस वर्षको आममाफीको एक हिस्साका रूपमा जुन महिनाको शुरुमा नौ हजार ९५० जना बन्दीलाई रिहा गरिने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)