सुनकोशी र दूधकोशीको ज्योतिर्घाटमा एकैसाथ दुई झोलुंगे पुल
annapurnapost.com · Sun May 31 01:17:22 GMT 2026

सुनसरी : खोटाङ, ओखलढुंगा र उदयपुर जिल्लालाई जोड्ने ऐतिहासिक महत्त्वका दुई झोलुंगे पुल एकसाथ निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्।
सुनकोशी र दूधकोशी नदीको संगमस्थल ज्योतिर्घाटमा निर्माण गरिएका यी पुलले तीन जिल्लाबीचको आवतजावतलाई सहज बनाउनुका साथै पर्यटन, व्यापार, कृषि तथा सामाजिक सम्बन्ध विस्तारमा नयाँ सम्भावना सिर्जना गरेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ ठुलढुंगा, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्ने गरी सुनकोशी र दूधकोशी नदीमाथि एकसाथ दुईवटा झोलुंगे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)