क्रिकेट रंगशालाबाट आधिकारिक बिदाइको पखाईमा धुर्मुस–सुन्तली
setopati.com · Mon Apr 10 17:11:02 GMT 2023
मन्त्रिपरिषद बैठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको स्वामित्व लिने निर्णय गरेको भनिए पनि निर्माणको जिम्मा लिएका सीताराम कट्टेल ‘धुर्मुस’ ले निर्णयको आधिकारिक जानकारी नपाएको बताएका छन्।
मन्त्रिपरिषद बैठकले चैत २० गते रंगशाला निर्माणको स्वामित्व लिएको खबर आइरहँदा धुर्मुस पत्नी कुञ्जना घिमिरे, भाइ केदार कट्टेल र केही कर्मचारी रंगशाला निर्माणस्थलमै थिए। ‘सरकारले स्वामित्व लिइदिनुपर्यो भनेर हामी डेढ वर्षदेखि पर्खिरहेका थियौं। के भइरहेको छ भनेर बुझ्न मन्त्रालय धाउने र रंगशाला रुँग्ने गर्दै आएका थियौं। गत साता सरकारले स्वामित्व लियो भनेर सञ्चारमाध्यममा खबर आए। ढिलै भए पनि राम्रै भयो भन्ने लाग्यो,’ कट्टेलले भने, ‘तर अहिलेसम्म यस विषयमा औपचारिक जानकारी पाएका छैनौं।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)