इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
ratopati.com · Tue Jun 23 20:55:49 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत इङ्गल्याण्ड र घानाबिच अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । नेपाली समय अनुसार बुधबार बिहान १ः४५ बजे सुरु भएको यस रोमाञ्चक भिडन्तमा दुवै टोलीले मध्यान्तरसम्म कुनै गोल गर्न सकेका छैनन् ।
खेलको सुरुवातदेखि नै इङ्गल्याण्डले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न भने सफल हुन सकेन । घानाको बलियो रक्षापंक्ति र रक्षात्मक रणनीतिका कारण इङ्गल्याण्डले गोल गर्ने प्रयासहरूलाई पूर्णता दिन सकेको छैन ।
यस समूहमा दुवै टोलीले आ–आफ्नो पहिलो खेल जितेर ३–३ अंक जोडेका छन् । इङ्गल्याण्डले पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो भने घानाले पानामालाई १–० ले हराएको थियो । अघिल्लो चरण (नकआउट) मा प्रवेश गर्नका लागि यो खेल दुवैका लागि निकै महत्त्वपूर्ण रहेको छ ।
आजको खेलमा जित निकाल्ने टोलीले ६ अंकसहित अन्तिम ३२ को यात्रा करिब सुनिश्चित गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा