निर्वाचन कानुनमा व्यापक हेरफेरको प्रस्ताव : ‘राइट टु रिजेक्ट’को व्यवस्थासहितको विधेयक तयार
nayapatrikadaily.com · Tue Aug 29 00:29:00 GMT 2023
समानुपातिक प्रणालीबाट दुईपटक मात्रै सांसद हुन पाइने
निर्वाचन आयोगले निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने (राइट टु रिजेक्टको) व्यवस्थासहितको निर्वाचन कानुन बनाउने गरी विधेयक अगाडि बढाएको छ । आयोगले तयार पारेको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा ‘कुनै पनि उम्मेदवारलाई मतदान नगर्न सकिने’ प्रावधान छ । गत १८ असारमा आयोगको बैठकले विधेयक गृह मन्त्रालयमार्फत संसद्मा पेस गर्ने निर्णय गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)