पीएसजीलाई युरोपेली च्याम्पियन्स लिगको उपाधि
kendrabindu.com · Sun May 31 01:39:43 GMT 2026

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार लगातार दोस्रो सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्नका लागि पीएसजीले आर्सनललाई टाइब्रेकरमा ४–३ ले हराएको हो ।
त्यस अगाडि निर्धाीरत र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । आर्सनलका लागि पेनाल्टी सुटआउटमा इबरेची एजी र ग्याब्रिएल गोल गर्न चुके । इंग्लिस च्याम्पिययनले खेललाई १ सय २० मिनेटसम्म लम्ब्याए पनि भाग्यले सात दिएन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ