फरार कैदी समात्न प्रहरीले गोली चलायो
barnanmedia.com · Sun May 31 01:51:18 GMT 2026

लुटपाटमा संलग्नलाई समात्न प्रहरीले काठमाडौंको जडीबुटीमा गोली चलाएको छ ।
प्रहरीमाथि जाइलागेपछि एक राउन्ड गोली प्रहार गरी घाइते अवस्थामा गणेश कार्कीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार कार्की भदौ २४ मा केन्द्रीय कारागारबाट फरार भएका थिए । कार्की डाँका मुद्दाका आरोपित हुन् । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी भट्टराईले कान्तिपुरलाई बताए
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)