‘दिमाग खराब’ लाई उच्च सो
gorkhapatraonline.com · Fri Nov 10 06:28:08 GMT 2023
काठमाडौँ, कात्तिक २४ गते । शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘दिमाग खराब’ लाई देशका प्रमुख मल्टिप्लेक्स हलहरूले उच्च सो उपलब्ध गराएका छन् । चलचित्रले देशभरका मल्टिप्लेक्समा डेढ सय बढी सो प्राप्त गरेको छ ।
चलचित्रलाई दी क्युएफएक्सले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर गरी ५८ सो दिएको छ भने दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआईले १४ सो, एफक्युबले छ सो, वान सिनेमाजले दुई हलमा गरी १० सो, बिग मुभिज र क्युज सिनेमाजले समान पाँच/पाँच सो, रञ्जना सिनेप्लेक्सले सात सो, सिके सिनेमाजले सो, सिडिसी सिनेमाले तीन सो दिएको छ । समग्रमा हेर्दा चलचित्रको सो उत्साहप्रद रहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)