मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ड्रोनमार्फत दुर्लभ वन्यजन्तु नाउर लखेटेको भिडिओ भाइरल, प्रशासनले सुरु गर्‍यो कारबाही प्रक्रिया

techpana.com · Sun May 31 01:59:35 GMT 2026

काठमाडौँ । उच्च हिमाली भेगको दुर्लभ वन्यजन्तु नाउरलाई ड्रोन मार्फत लखेट्दै खिचिएको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । फेसबुकमा गोर्ख घर्ती नामक अकाउन्टबाट शुक्रबार सार्वजनिक ४ मिनेट २३ सेकेन्डको सो भिडिओमा बझाङको साइपाल गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा नाउरलाई ड्रोनले निरन्तर पछ्याएको र त्रसित पारेको दृश्य देखिन्छ ।

भिडिओ मा युवकले निकै गर्वका साथ आफूले चार दिनको खोजपछि नाउर भेटाएको र ड्रोनमार्फत नजिकबाट तस्बिर खिचेको दाबी गरेका छन् । भिडिओको सुरुमा उनले आफू छ देखि सात हजार फिटको उचाइमा रहेको बताउँदै ‘तपाईंहरूले नदेखेको नाउर नजिकबाट देखाउँछु’ भनी ड्रोन उडाएका छन् । ड्रोनको आवाज र उपस्थितिले डराएका नाउर भिर र खोँचमा भागाभाग गरिरहेको दृश्य भिडिओमा देखिन्छ । ड्रोनको प्रयोग गरी नाउरलाई लखेट्नु नै उक्त भिडिओको मुख्य आकर्षणका रूपमा देखाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)