बुटवलबासीको सफाइ जागरणः फोहोर उठाउन १ हजारभन्दा बढी एकसाथ छिरे जंगल
nepalpress.com · Sat Jun 06 05:17:22 GMT 2026

रुपन्देही । शनिबार बिहान बुटवल उपमहानगरपालिका–१३ को शान्तिचोक चोकदेखि माथिको पहाडी क्षेत्रमा सामान्य दिनभन्दा फरक दृश्य देखिन्थ्यो । अधिकांश मानिस घुम्न वा कामका लागि होइन, हातमा बोरा, डोको, ग्लोब्स र पानीका बोतल बोकेर जंगलतर्फ उकालो चढिरहेका थिए । केही विद्यालयका विद्यार्थी थिए । केही गृहिणी थिए । केही योगा समूहका सदस्य थिए । कोही सामाजिक अभियन्ता थिए भने कोही वन र वातावरणप्रेमी । उनीहरूको उद्देश्य एउटै थियो–वर्षौंदेखि फोहरले थिचिएको नुवाकोट क्षेत्रको जंगल सफा गर्ने ।
बुटवलको बढ्दो गर्मीबाट केही घण्टा राहत पाउन, हरियाली हेर्न, फोटो खिच्न, साथीभाइसँग रमाइलो गर्न र शहरको कोलाहलबाट टाढा पुग्न हजारौँ मानिस पुग्ने नुवाकोट क्षेत्र शनिबार भने एउटा फरक कारणले चर्चामा रह्यो । पर्यावरण समाजको आयोजनामा सञ्चालन गरिएको वृहत् जंगल सरसफाइ अभियानमा १ हजार २ सयभन्दा बढी नागरिक सहभागी भए । बुटवलको शान्तिचोकदेखि माथिल्लो क्षेत्रमा करिब तीन किलोमिटर दूरीसम्म फैलिएको जंगल क्षेत्रबाट ठूलो परिमाणमा फोहर संकलन गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)