गैंडाकोटमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
onlinekhabar.com · Sun May 31 02:21:29 GMT 2026

१७ जेठ, चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् ।
प्रहरीका अनुसार ६३ वर्षीय डम्मर गिरीले गएराति अन्दाजी १० बजे ४३ वर्षीय छोरा शंकर गिरीको हत्या गरेका हुन् । घरायसी विवादमा उनले छोरामाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)