उद्यमशील मायादेवीको लोभलाग्दो जैविक तरकारी खेती
deshsanchar.com · Sat Jun 15 17:15:16 UTC 2024

भोजपुर – भोजपुुरको टेम्केमैयुुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छन्। विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लागेकी उनले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेकी छन्। उनी पशुपन्छी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुटेकी हुन्।
उनले भनिन्, “गाउँमा नै बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, क्याप्सिकम, इक्वास प्याजलगायतको व्यावसायिक खेती गर्दै आएकी छु। ” उनले गाउँघरमा पाइने गाई, भैँसी, बाख्रा बङ्गुरलगायतको प्राङ्गारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गर्दैै आएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)