मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य

ratopati.com · Tue Jun 23 22:07:25 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को दोस्रो खेलमा इङ्गल्याण्डले खेलभरि नै घानामाथि पूर्ण नियन्त्रण कायम गरे पनि गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको छ। अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा इङ्गल्याण्डले विपक्षीको पोस्टमा १९ पटक प्रहार गरे पनि खेल ०–० को बराबरीमा टुङ्गिएको हो।

खेलकोमा इङ्गल्याण्डले घानालाई पूरै खेलभरि रक्षात्मक हुन बाध्य पारेको थियोे। इङ्गल्याण्डले ७८ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको थियो भने घानाले मात्र २२ प्रतिशत समय बल पायो । इङ्गल्याण्डले गोलका लागि १९ पटक प्रहार गरेको थियो, जसमा ३ प्रहार सिधै टार्गेटमा थिए । अर्कोतर्फ, घानाले पूरै खेलमा मात्र २ पटक प्रहार गर्ने अवसर पायो, जसमा १ प्रहार टार्गेटमा थियो ।

इङ्गल्याण्डले खेलको सुरुदेखि अन्त्यसम्म गोलका लागि कडा मिहिनेत गरे पनि घानाको बलियो रक्षापंक्ति तोड्न सकेन । घानाले भने पूर्ण रूपमा रक्षात्मक रणनीति अपनाउँदै इङ्गल्याण्डका आक्रामक खेलाडीहरूलाई रोक्न सफल भयो ।

यस बराबरीसँगै समूह ‘एल’ मा इङ्गल्याण्ड र घाना दुवैको २ खेलबाट ४–४ अंक भएको छ । यसअघि इङ्गल्याण्डले क्रोएसियालाई ४–२ ले र घानाले पानामालाई १–० ले पराजित गरेका थिए ।दुवै टोलीले जित निकाल्न नसक्दा अघिल्लो चरणमा छनोट हुन अब अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

अब समूहको अन्तिम खेलमा इङ्गल्याण्डले पानामाको सामना गर्नेछ भने घानाले क्रोएसियासँग खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय