मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु

gorkhapatraonline.com · Sun May 31 02:39:04 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीमा पर्यटक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ९२७ नम्बरको पर्यटक बसले बाटो काट्ने क्रममा शनिबार ठक्कर दिँदा स्थानीय ७८ वर्षीय सम्मरबहादुर रानाभाट गम्भीर घाइते हुनुभएको थियो। घाइते रानाभाटलाई तत्काल उपचारका लागि दमौलीस्थित प्रादेशिक अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)