आइपीएलको उपाधिका लागि बेङ्गलुरु र गुजरात भिड्दै
neplays.com · Sun May 31 02:42:14 GMT 2026
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल २०२६) को फाइनलमा आज साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्सबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उपाधिका लागि कडा प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार बेलुकी पौने आठ बजे सुरु हुने फाइनलमा दुवै टोली दोस्रो पटक आईपीएलको ट्रफी उचाल्ने दाउमा मैदान उत्रनेछन्।
रजत पाटीदारको कप्तानीमा रहेको बेङ्गलुरुले गत संस्करणामा आफ्नो पहिलो ऐतिहासिक उपाधि जितेको थियो भने शुभमन गिलको नेतृत्वमा रहेको गुजरात सन् २०२२ को आफ्नो डेब्यु सिजनमै च्याम्पियन बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)