‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
ratopati.com · Tue Jun 23 22:19:34 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को अर्को महत्त्वपूर्ण खेलमा आज पानामा र क्रोएसियाबिच प्रतिस्पर्धा हुँदै छ । क्यानडाको टोरन्टो स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बुधबार बिहान ४ः४५ बजे सुरु हुनेछ । समूह चरणको पहिलो खेलमा पराजित भएका यी दुवै टोलीका लागि अघिल्लो चरणको सम्भावना जीवित राख्न आजको खेल ‘गर या मर’ को स्थितिमा रहेको छ ।
पानामा र क्रोएसिया दुवैका लागि यो प्रतियोगिताको दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा पानामा घानासँग १–० गोल अन्तरले पराजित भएको थियो भने क्रोएसियाले इङ्गल्याण्डसँग ४–२ को हार बेहोरेको थियो । अंकविहीन रहेका यी दुवै टोलीलाई अर्को चरणको दौडमा कायम रहन आज स्पष्ट ३ अंकको आवश्यकता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)