हुथी आक्रमणमा साउदीको कडा चेतावनी
barnanmedia.com · Tue Sep 15 21:25:00 GMT 2026

क्षिणी साउदी अरेबियामा हुथीहरूले ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोनबाट गरेको आक्रमणमा १३ जना सर्वसाधारण घाइते भएपछि साउदी नेतृत्वको गठबन्धनले हुथीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । गठबन्धनले देशको सार्वभौमिकता रक्षाका लागि आवश्यक सबै सैन्य उपाय अपनाउने बताएको छ ।
हुथीहरूले खामिस मुशैतस्थित राजा खालिद हवाई अड्डालाई दर्जनौँ क्षेप्यास्त्र र ड्रोनबाट लक्षित गरेको दाबी गरेका छन् । साउदी पक्षले खामिस मुशैत, आभा र ताइफमा आक्रमण भएको पुष्टि गरेको छ । हुथीहरूका अनुसार साउदीले जवाफी रूपमा ५० भन्दा बढी हवाई हमला गरेको छ । पश्चिमी यमनमा भएको हुथी आक्रमणमा सरकारी सेनाका आठ सैनिक मारिएको दुई सैन्य स्रोतले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)