तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
ratopati.com · Sat Jun 06 05:24:36 GMT 2026

रसुवा । रसुवा र नुवाकोटका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रनको दोस्रो संस्करण आयोजना गरिएको छ। रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा सञ्चालन भएको प्रतियोगिताले विशेष गरी क्यान्जिन भ्यालीसहित लाङटाङ क्षेत्रलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
लाङटाङ क्षेत्रको प्रसिद्ध क्यान्जिन गुम्बाबाट सुरु भएको ट्रेल रन स्याफ्रुबेसीसम्म ३२ किलोमिटर दूरीको रहेको छ । समुद्री सतहबाट करिब ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बाबाट सुरु भएको दौडमा स्वदेशी तथा विदेशी गरी एक सय ६ जना धावक सहभागी भएका छन्। जसमा १८ जना महिला र ८८ जना पुरुषले दौडमा भाग लिगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
बागमती प्रदेश
श्रद्धा श्रेष्ठ