मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओझेलमा ऐतिहासिक पाल्ही माझखण्ड पोखरी

gorkhapatraonline.com · Sat Jun 06 05:24:07 GMT 2026

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा अवस्थित प्राचीन पाल्ही माझखण्ड पोखरी केवल एक जलाशय मात्र होइन, पश्चिम नवलपरासीको ऐतिहासिक दस्तावेज र पौराणिक आस्थाको केन्द्रसमेत हो। ऐतिहासिक पाल्ही भगवती मन्दिर परिसरसँगै जोडिएको करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको यो विशाल पोखरीले आफ्नो गर्भमा सेनकालीन साम्राज्यको राजनीतिक इतिहास र शिवपुराणसँग सम्बन्धित पौराणिक कथा समेटेको छ। तर, उचित प्रवर्द्धन र आधुनिक पर्यटकीय पूर्वाधारको अभावमा यो ऐतिहासिक सम्पदा लामो समयदेखि ओझेलमा पर्दै आएको छ।

स्थानीय जानकारहरूका अनुसार यो क्षेत्र प्राचीन सेन साम्राज्यअन्तर्गत पर्ने पाल्पा राज्यको तराई भूभाग थियो। त्यतिबेला पाल्पा राज्यअन्तर्गत तराईमा विनायकपुर र तिलपुर गरी दुई प्रगन्ना (इलाका) थिए। रोहिणी नदीदेखि नारायणी नदीसम्म र हालको भारतको महाराजगन्ज जिल्लासम्म फैलिएको तिलपुर इलाकाका प्रमुख व्यापारिक बजारहरू पाल्ही र निचलौल थिए।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)