रोनाल्डो चम्किँदा पोर्चुगलको शानदार जित, उज्बेकिस्तान ५-० ले पराजित
hamrakura.com · Wed Jun 24 00:00:00 GMT 2026
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
खेलको शुरूदेखि नै आक्रामक देखिएको पोर्चुगलले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो। कप्तान क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा पोर्चुगलले उजबेकिस्तानमाथि लगातार दबाब सिर्जना गर्दै एकपक्षीय प्रदर्शन गरेको हो।
दोस्रो हाफमा पनि पोर्चुगलको दबाब कायम रह्यो। थप दुई गोल गर्दै उसले ५-० को फराकिलो जित सुनिश्चित गर्यो। उजबेकिस्तान भने खेलभर रक्षात्मक दबाबमा रहँदा प्रभावशाली अवसर सिर्जना गर्न असफल भयो।
यस जितसँगै पोर्चुगलले समूह चरणमा महत्वपूर्ण तीन अंक जोडेको छ। पहिलो खेलमा डीआर कङ्गोसँग बराबरी खेलेको पोर्चुगलका लागि यो जित नकआउट चरणको सम्भावना बलियो बनाउने नतिजा बनेको छ।
यता लगातार दोस्रो हार बेहोरेको पहिलो पटक विश्वकप खेलेको उज्बेकिस्तानको अन्तिम ३२ मा पुग्ने सम्भावना भने कमजोर बनेको छ।
पोर्चुगलले अब समूहको अन्तिम खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ भने उज्बेकिस्तानले डिआर कङ्गोको सामना गर्नेछ।
रोनाल्डोको कीर्तिमानी प्रदर्शन र टोलीको सामूहिक खेलका कारण पोर्चुगल प्रतियोगिताको उपाधि दाबेदार टोलीमध्ये एकका रूपमा थप बलियो देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
फिफा