मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

प्रशान्त वडद्वारा हाते ट्याक्टर निर्माण

gorkhapatraonline.com · Sun May 31 03:18:30 GMT 2026

जुम्लाको सिँजा गाउँपालिका–२, चुलेलगाउँ निवासी प्रशान्त वडले आफ्नै प्रयासमा हाते ट्याक्टर निर्माण गर्नुभएको छ। आफ्नै विवेक, सीप र क्षमताको प्रयोग गर्दै कुनै विशेष प्राविधिक सहयोगबिना उहाँले हाते ट्याक्टर निर्माण गर्न सफल भएपछि स्थानीयवासी आश्चर्यचकित बनेका छन्। वडले यसअघि पनि मोटरसाइकल निर्माण गरी आफ्नो प्रतिभा प्रदर्शन गरिसक्नुभएको छ।

मोटरसाइकल निर्माणमा सफलता हासिल गरेपछि उहाँले कृषि कार्यमा उपयोगी हुने हाते ट्याक्टर निर्माण गर्नुभएको हो। उहाँको सिर्जनशीलता र प्राविधिक दक्षताले गाउँमा चर्चा पाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)