भारतको कुशीनगरबाट नेपालीको उद्धार
gorkhapatraonline.com · Sun May 31 03:18:36 GMT 2026

भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशङ्कामा उद्धार गरिएका ४५३ नेपालीमाथि अनुसन्धान सुरु गरिएको छ । उद्धार गरिएका सबैलाई शनिबार बेलहिया नाका हुँदै नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखेर बयान तथा छानबिन थालिएको हो ।
प्रहरीका अनुसार उद्धार गरिएकामध्ये वास्तविक पीडित र नेटवर्क सञ्चालनमा संलग्न व्यक्तिलाई छुट्याउने काम भइरहेको छ । अनुसन्धानबाट पीडित पुष्टि भएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइने तथा नेटवर्क सञ्चालन वा ठगीमा संलग्न देखिएकामाथि थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)