दिल्ली दौडमा परराष्ट्रमन्त्री देउवा, मोदीसँग भेटको सम्भावना कति ?
barnanmedia.com · Sat Aug 17 21:29:51 UTC 2024

परराष्ट्रमन्त्री आरजु राणा देउवा आज आइतबार पाँच दिने भारत भ्रमणमा जाँदैछिन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले १८ देखि २२ अगस्ट अर्थात २ देखि ६ भदौसम्म भारत भ्रमणमा रहनेछिन्।
भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ। भारतमा रहँदा परराष्ट्रमन्त्री राणाले आफ्नो स्वास्थ्य उपचार समेत गर्नेछिन्। उनी दिल्लीमा नियमित उपचार गराउँदै आएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)