आज नेपाल र श्रीलंका भिड्दै, समूह विजेता बन्न नेपाललाई बराबरी नै काफी
nepalviews.com · Sun May 31 03:26:50 GMT 2026
काठमाडौंं । भारतको गोवामा जारी आठौँ साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले आज समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा श्रीलंकाको सामना गर्दैछ। जवाहरलाल नेहरु स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार पौने ५ बजे सुरु हुनेछ।
समूह 'ए' मा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो। श्रीलंका भने भुटानसँग ४–० को फराकिलो अन्तरले पराजित भइसकेको छ। एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराएर समूह विजेता बन्ने लक्ष्यमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)