लालबहादुरको सिको गर्दै गाउँभरि व्यावसायिक तरकारी खेती
barnanmedia.com · Tue Sep 15 22:03:26 GMT 2026

बाजुराको बडीमालिका नगरपालिका–८ गडखेतका लालबहादुर ऐडीले तरकारी खेती गर्न थालेको दशक पुग्न लाग्यो । सुरुमा सामान्य परम्परागत खेती गर्दै आउनुभएका ऐडीले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेपछि हाल उहाँको दैनिकी बारीको हेरचाह, उत्पादन र बिक्रीमा बित्ने गरेको छ ।
सदरमुकाम मार्तडी नजिकै गडखेतका लालबहादुर हरेक दिन बिहानदेखि साँझसम्म तरकारी बारीमै व्यस्त हुनुहुन्छ । उहाँले हाल करिब १२ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका तरकारी उत्पादन गर्दै आउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)