पाकिस्तानबाट फर्किरहेका अफगान शरणार्थी बोकेको ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु
ratopati.com · Sun May 31 03:34:58 GMT 2026

अफगानिस्तान । अफगानिस्तानको पूर्वी लघमान प्रान्तमा पाकिस्तानबाट स्वदेश फर्किरहेका अफगान शरणार्थीहरू बोकेको एउटा मालवाहक ट्रक दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृतकमध्ये महिला र बालबालिका पनि रहेका छन् भने कम्तीमा १० जना बालबालिका ज्यान गुमाएकाहरूमा परेका छन् ।
तालिबान सरकारका प्रवक्ता जाबिहुल्लाह मुजाहिद का अनुसार दुर्घटना शनिबार बिहान लघमानको कार्घायी जिल्लास्थित सुर्खाकान चोक नजिक भएको हो । परिवारका सदस्यहरू र उनीहरूको घरायसी सामानले भरिएको ट्रक सडकबाट चिप्लिएर खाल्डोमा खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)