अस्ट्रेलियाको सिड्नीमा २१ दिनदेखि सम्पर्कविहीन भएका सुभाष समुद्री तटमा मृत भेटिए
barnanmedia.com · Sat Aug 17 21:40:13 UTC 2024

अध्ययनका सिलसिलामा नौ महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका पाँचखाल नगरपालिका–७ का २७ वर्षीय सुभाष बोलखे मृत भेटिएका छन्। विगत २१ दिनदेखि सम्पर्कविहीन भएका सुभाषको शव फेला परेको पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय तामाङले जानकारी दिए।
उनका अनुसार, शनिबार बिहान १२ बजेतिर शव भेटिएको खबर नगरपालिकामा आएको हो। ‘आज (शनिबार) बिहान उनको शव समुद्रको तटमा भेटिएको त्यहाँस्थित प्रहरीले हामीलाई जानकारी पठाएको छ,’ तामाङले भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)