मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरको भुजेला बस्ती पसेको चितुवा नियन्त्रणमा लिने प्रयास विफल

barnanmedia.com · Sat Aug 17 21:43:56 UTC 2024

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला बस्ती पसेको चितुवा नियन्त्रणमा लिने प्रयास विफल भएको छ।

शनिबार बिहान बस्तीमा देखा परेको चितुवा नजिकै झाडीमा लुकेको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलका अनुसार, अँध्यारो भएकाले अहिले चितुवा खोजी कार्य रोकिएको छ।उनका अनुसार चितुवालाई ट्रयापमा पार्न तीन खोरमा बाख्रा राखिएको छ। ‘दुई खोर आहार खान नमिल्ने छन्। एउटा खोर आहार गर्न मिल्ने छन्,’ उनले भने, ‘तीन वटै खोरमा बाख्रा राखिएको छ। चितुवा आहारका लागि पस्ने बित्तिकै खोर बन्द हुन्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)